
काठमाडौं, १८ पुस। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबैले बीमा गर्नै पर्ने बाध्यात्मक व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । अध्यक्ष सिलवालले जनताको हितका लागि पालिकाहरुले सेवासँग आवद्ध गरेर सबैले बीमा गर्नैपर्ने बाध्यात्मक व्यवस्था लागू गर्नुपर्ने बताएका हुन्।
आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटघाटमा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । जनताको हितका लागि पालिकाहरुले बजेटको १० प्रतिशत रकम बीमाका लागि छुट्याउनु पर्ने पनि उनको भनाइ छ।
‘हाल बीमा क्षेत्रमा धेरै परिवर्तन आएका छन् । सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बीमाका बारेमा बुझ्दै गएका छन्’, उनले भने, ‘राष्ट्रिय बीमा नीति कार्यान्वयमा आएपछि सरकारका लागि समेत बीमा बाध्यकारी बन्छ । प्रदेश र पालिकाहरुले पनि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्न सक्छौं ।’
अध्यक्ष सिलवालले सरकारले आफ्नो जिम्मेवारी बाहेकका आर्थिक जोखिम बीमा मार्फत बीमा कम्पनीहरुमा हस्तान्तरण गर्नुपर्ने र सबै सरकारी सम्पत्तिको बीमा हुनुपर्ने पनि बताए । प्राधिकरणले बीमा क्षेत्रको लगानी विविधीकरणका लागि निर्देशिकाहरु जारी गरेको र यसबाट जलविद्युत लगायत सरकारबाट स्वीकृति प्राप्त क्षेत्रमा बीमा कम्पनीहरुले लगानी गर्ने बाटो खुलेको साथै कम्पनीहरुले सहायक कम्पनी बनाएर पनि लगानी गर्न सक्ने व्यवस्था गरिएको उनको भनाइ थियो।
भेटका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले चालु आर्थिक वर्षको मङ्सीर मसान्तसम्ममा बीमाको दायरामा आउने जनसंख्या म्यादि, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख समेत बढेर ४४ प्रतिशत पुगेको बताए । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमाशुल्क २.३९ प्रतिशतले, निर्जीवन बीमाशुल्क ३.५८ प्रतिशतले तथा कुल बीमाशुल्क संकलन २.६४ प्रतिशतले वृद्धि भएको बताए।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



