
सिड्नी, १९ पुस । अष्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको दिनको सङ्गीत महोत्सवमा प्रहरीले गरेको कारबाहीपछि ९७ जनालाई लागुऔषध अपराधको अभियोग लगाइएको छ । सोमबार जारी गरिएको विज्ञप्तिअनुसार न्यू साउथ वेल्स राज्यको पुलिसले आइतबार आयोजित उत्सव कार्यक्रममा लक्षित अपरेसन शुरु गरेको थियो ।
सिड्नीको पूर्वी किनारमा भएको यस कार्यक्रमले २७ हजार भन्दा बढी मानिसहरूलाई आकर्षित गरेको समाचारमा जनाइएको छ । ९७ जनाले एमडीएमए, एम्फेटामाइन, गाँजा, कोकिन, एक्स्टेसी, एलएसडी, केटामाइन र साइलोसाइबिन लगायतका अवैध लागूऔषध ओसारपसार गरेको प्रहरीले जनाएको छ । तीमध्ये तीन जना लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका छन् ।
एक २१ वर्षीय पुरुषसँग १५ वटा एमडीएमए क्याप्सुल, अर्का एक पुरुषसँग ९ वटा क्याप्सुल र २५ वर्षीया महिलासँग ५ वटा एमडीएमए क्याप्सुल बरामद भएको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




