पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीले दिए निर्देशन

-



     सफल आवाज    
     पौष २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य कटौति गर्न निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम नेपालमा मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वाणिज्य तथा आपूर्ति सचिवलाई यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले स्रोतले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि दाहालले यसअघि पनि चालु पुँजी कर्जा मार्गदर्शन लचिलो पार्न तथा विदेशबाट आउँदा आफूले प्रयोग गरेबाहेक मोबाइल सेट ल्याउँदा भन्सार बिन्दुमा प्रज्ञापन पत्र लिनुपर्ने रअनधिकृत मोबाइल आयातमा रोक लगाउन शुरु गर्न लागिएको एमडीएमएस प्रणाली तत्काल लागू नगर्न निर्देशन दिइसकेका छन् ।