
पोखरा, २१ पुस । गण्डकी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेको छ । कार्यालयले मुख्यमन्त्री नियुक्तिका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त भएको नदेखिएको जानकारी गराउँदै धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गरेको हो ।
कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष निर्वाचन आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरे अनुरुप कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएको भन्दै यस्तो दावीका लागि आग्रह गरेको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष आगामी पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेको गण्डकी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त भएको नदेखिएकोले नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ति गर्नका लागि मिति २०७९ साल पौष २५ गते सोमबार १६:०० बजे भित्र दावी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आह्वान गर्नु भएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।’






काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१… 



