खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित

-



     सफल आवाज    
     पौष २३ गते २०७९ मा प्रकाशित



नयाँ दिल्ली, २३ पुस । इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् ।

शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन् जसकाकारण उडानमा विलम्ब भएको छ । केन्द्रीय राजधानी सहित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडानहरू पनि ढिलो भएका छन्।

इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल मौसमको सचेतता बारे सार्वजिनक सूचना जारी गरेको छ