नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षमा केसी

-



     सफल आवाज    
     पौष २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ पुस । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी नेपाल बैंकर्स संघको कार्यबाहक अध्यक्ष भएका छन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाका रुपमा रहेको बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पूरा गरेर सेवानिवृत भएपछि अध्यक्ष पद रिक्त रहेको थियो ।

यो कार्यसमितिमा बैंकको सीईओ पदमा रहुन्जेल मात्रै बस्न पाउने प्रावधान रहे अनुसार अध्यक्षको पद रिक्त हुन पुगेको हो । अध्यक्ष पद रिक्त भएपछि संघमा उपाध्यक्षको भूमिकामा रहेका केसी स्वतः कार्यवाहक अध्यक्ष भएका हुन् ।