
काठमाडौं, २५ पुस । ग्लोबल आइएमई तथा बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि शुरु भएको छ । आज प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्डले पानसमा बत्ती बालेर एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । आजदेख देशकै सबैभन्दा ठूलो बैंकका रुपमा कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफूहरु २ र २ ४ नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताएका छन् ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथिलगायतलाई स्वागत गर्ने क्रममा अध्यक्ष ढकालले आकार वा अंकमा वृद्धि भएसँगै सफलता मात्रर नभई चुनौती पनि थपिएको बताए । उनले १ दशक अघि यसप्रकारको ठूलो बैंकको कल्पनासमेत नगरिएकोमा रेमिटेन्स, फाइनान्स हुँदै बैंक र त्यसपछि अन्य बैंकहरुसँगको मर्जरसहित आज देशकै सबैभन्दा ठूलो र वित्तीय क्षेत्रको १० प्रतिशत हिस्सा ओगट्ने बैंक बन्न पाउँदा गौरवान्वित भएको बताए ।
अधिकांश सूचकमा अग्रणी रहेको ग्लोलब आइएमई बैंकसँग हालसम्म ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाईनान्स कम्पनी मर्ज भइसकेका अध्यक्ष ढकालले जानकारी दिए । यो व्यवसाय यात्राका क्रममा इमान्दारिता नै सफलताको सूत्र भएको सिकेको बताउँदै अध्यक्ष ढकालले भने, ‘हामीले १ दशकअघि नेपाली दाजुभाइले पसिना बगाएर पठाएको रकम रेमिटेन्समार्फत उहाँहरुको घरघरसम्म इमान्दारितापूर्वक पुर्याइदिएकोले सबैको माया र विश्वास पाउन सफल भएका हौं ।’
उनले देशमा पर्यटन पूर्वाधार बन्नुपर्ने आवश्यकता देखेर चन्द्रागिरि केबलकार शुरु गरेको स्मरण गराउँदै देशका सातै प्रदेशमा पर्यटकीय पूर्वाधार निर्माणको लक्ष्य लिएर काम गरिरहेको बताए । यसबाहेक यो मर्जरले देशमा निर्माण हुने ठूला तथा गौरवका आयोजनाका लागि आवश्यक पुँजी जुटाउन थप मद्दत गर्ने हुनाले विकास निर्माणको क्षेत्र पनि लाभान्वित हुने विश्वास व्यक्त गरे ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




