
काठमाडौं, २५ पुस । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका अब घटेको भाडादर ७ हजार पाँच सय दश कायम भएको छ । काठमाडौंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार १ सय ४० रुपैयाँ कायम भएको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट) मा ६ सय ८५ रुपैयाँ भाडा घटेर अधिकतम १४ हजार २ सय ५ कायम भएको छ । काठमाडौं–सिमरामा १ सय ८० रुपैयाँ भाडा घटेको छ । त्यस्तै काठमाडौं–भद्रपुरमा ६ सय रुपैयाँ, काठमाडौं–विराटनगरमा ४ सय ८५ रुपैयाँ, काठमाडौं–जनकपुरमा २ सय ६० रुपैयाँ, काठमाडौं–भरतपुरमा २ सय १५ रुपैयाँ र काठमाडौं–पोखरामा ३ सय २० रुपैयाँ भाडा घटेको सङ्घले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




