
काठमाडौं, २७ पुस । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्न/गाभिन सहमत भएका छन् । यी दुई कम्पनीबीच हालै मर्जर सम्झौता सम्बन्धी प्रारम्भिक सहमति भएको हो । यी कम्पनीहरुले एक आपसमा गाभिएर नयाँ र सिंगो कम्पनी बन्नका लागि मंगलबार सहमति गरेका हुन् ।
यसअघि प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता भएको थियो । तर विविध कारणले प्रभु इन्स्योरेन्ससँगको सहमति टुटेपछि अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जरको प्रारम्भिक सहमति गरेको हो । सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठ समेत उपस्थिति रहेको थियो ।
मर्जरपछि युनाइटेड र अजोडबीच १००ः९० स्वाप रेसियो हुने प्रारम्भिक सहमति भएको बताइएको छ । मर्जरपछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




