यती एयरको जहाज दुर्घटना अपडेट: २० जनाको शव भेटियो

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



पाेखरा, १ माघ । पोखरामा यती एयरकाे विमान दुर्घटना भएको स्थान बाट २० जनाको शव निकालिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार विमानमा सवार व्यक्तिहरु जीवित भेटिन सक्ने अवस्था छैन भने हालसम्म २० जनाको शव निकालिएको छ ।

पाेखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको जहाज धावनमार्ग भन्दा करिब १ किमि बाहिर मितेरी गाउँ नजिक सेतीमा खसेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

काठमाडौंबाट आएको यति एयरको जहाज बिहान ११ बजेतिर दुर्घटनामा परेको हो । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज चालकदलका ४ जना सहित क्याप्टेन कमल केसीले उडाएका थिए ।

पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागिरहेकाे छ । सेना प्रहरीबाट आगाे निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिएका छन् । घटनामा धेरै हताहती भएकाे अनुमान गरिएकाेमा हालसम्म २० जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको बताइएको छ । (भिडियाे / तस्विर :शुदर्शनजङ्ग राणा, माेहनबाबु खड्का )