३२ जनाकाे शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियाे (फाेटाे फिचर)

-



     सफल आवाज    
     माघ १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ माघ । पाेखरामा आज बिहान भएकाे यती एयरलाइन्सको विमान दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेकाे छ । अहिलेसम्म ३२ जनाकाे शव भेटिएकाे छ । भेटिएका सबै शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे छ । उद्धारमा सुरक्षाका तीनवटै निकाय परिचालन गरिएकाे छ । अहिले आगो निभाइएकाे छ ।

विमान खाेंचमा खसेकाेले उद्धारमा कठिनाइ भइरहेकाे छ । दुर्घटनाटस्थलमा हेर्न जानेहरुकाे भिड लागेकाे छ । प्रहरीले उनीहरुलाइ पुरानाे एयरपाेर्टकाे दक्षिण पश्चिचममा राेकेकाे छ भने सीताराम पुल वारपारमा राेक लगाएकाे छ ।

साे विमान काठमाडौंबाट चालक दलका ४ सदस्यसहित ७२ जना लिएर पोखरा उडेकाे विमानस्थलले जानकारी दिएकाे छ । यती एयरलाइन्सको ९एनएएनिस एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हाे । अहिले विमान दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।