
पोखरा, १ माघ । आज बिहान पोखराको नयागाँउ नजिकैकाे सेती खोंचमा दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित ५ देशका ७२ सवार रहेका पुष्टि भएको छ ।
दुर्घटनामा चालक दलका ४ सदस्य र बाँकी ६८ जना यात्रु गरी कुल ७२ जना सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पुष्टि गरेको छ । विमानमा रहेका ७२ जनामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रुसी, १ जना आयरल्याण्डक, २ जना कोरियाली, १ जना अर्जेन्टिनी, १ जन अष्ट्रेलियाली तथा १ जना फ्रान्सेली रहेको पुष्टि भएको छ ।
विमानमा सवार यात्रुमध्ये ३ जना बालबालिका रहेका छन् । बिहान साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उद्धार कार्य भइरहेको छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



