
काठमाडौं, १ माघ । विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् । आज बिहान चालक दलका सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान पोखराको नयाँगाउँ निजक सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा चालक दलका ४ सदस्य र बाँकी ६८ जना यात्रु गरी कुल ७२ जना सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पुष्टि गरेको छ । विमानमा रहेका ७२ जनामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रुसी, १ जना आयरल्याण्डका, २ जना कोरियाली, १ जना अर्जेन्टिनी, १ जन अष्ट्रेलियाली तथा १ जना फ्रान्सेली रहेको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार यति एयरको एनवाईटी ६९१, ९एन-एएनसी विमान बिहान १०:५० सम्म टावरसँग सम्पर्कमा आएको र त्यसपछि दुर्घटना भएको जनाउँदै उद्धारका लागि पोखराबाट हेलिकप्टर परिचालन गरेको साथै थप हेलिकप्टरहरु स्ट्याण्ड बाइमा राखिएको जनाएको छ ।

यसबाहेक स्थालमार्गबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थलमा रहेका उद्धार तथा अग्नि नियन्त्रकहरु तथा नेपाल प्रहरीसमेत भई उद्धार कार्य भइरहेको जनाएको छ । अहिलेसम्म ३२ जनाकाे शव भेटिएकाे छ । भेटिएका सबै शव गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



