
कराँची, १ माघ । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने प्रान्तीय राजधानी क्वेटामा शनिबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा ४ बालबालिकासहित कम्तीमा ६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।
प्राप्त समाचारअनुसार देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटाको स्याटेलाइट टाउन क्षेत्रमा एक परिवारका सदस्यले हिटर बाल्ने प्रयास गर्दा विस्फोट भएको थियो ।
उद्धार टोली घटनास्थलमा पुगेर शवलाई अस्पतालमा लगिएको छ । विष्फोटमा परी एक दम्पती र उनीहरुका ४ सन्तानसहित सबैको घटनास्थलमै मृत्यु भएको उद्धारकर्मीले जनाएका छन् ।
सिलिण्डरबाट ग्यास चुहिएर विष्फोट भएको र घरमा समेत गम्भीर क्षति पुगेको स्थानीय प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ । क्वेटा लगायत बलुचिस्तानका धेरैजसो भागमा माइनस १५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमले तीव्र चिसो मौसमको सामना गरिरहेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




