
पोखरा, २ माघ । आईतबारको यति एयरलाइन्सको बिमान दुर्घटनामा फरक फरक क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरुले धर्तिलाई छाेडेर गए । उनीहरुमध्ये एक थिए युवा पुस्ताका चर्चित गिटारिष्ट निशान्त आचार्य ।
बिहान ११ वजे बिमान दुर्घटनामा परेपछि निशान्तको घरमा पनि आफन्तहरुको आवत जावत शुरु भएको थियो । स्तव्धता छाएको थियो । घरको आगनमा जम्मा भएका आफन्तजनले घरमा रहेका बुबा, आमालाई सम्झाई बुझाई गरिरहेका थिए ।
मनमा कस्तो पीडाको गाँठो परेको हुन्छ, व्यक्त गरेर नि साध्य हुँदैन र सकिन्न पनि । त्यो त भोग्नेलाई नै थाहा हुने कुरा भयो । तर यस्तो बेलामा मल्हम लगाउने, सम्झाउने, बुझाउने, ढाडस् दिने गरे यो क्षेण सधैंको लागि यादगार भईरहन्छ । मानिसलाई एक्लानुभूति हुनबाट जोगाउँछ ।
पोखरा महानगरपालिका वडा नं ११ काहुँडाँडाका निशान्त आचार्यको निधनले नेपाली संगीत क्षेत्रमा अपूरणीय क्षति भएको छ ।निशान्त अहिलेको युवा पुष्तामा चर्चित गिटारवादक तथा प्रशिक्षकको रुपमा रहेका थिए । उनले काठमाडौंमा रहेर युवा पिढिंलाई गिटारको प्रशिक्षण् दिईरहेका थिए ।
पछिल्लो सयममा उनको लोकप्रियता र क्रियासिलता डिजिटल प्लेटफर्ममा अँझ बढी रहेको पाईन्छ । यूट्युब, टिकटक लगायतका डिजिटल प्लेटफर्ममा उनले सयौंलाई गितार सिकाउदै आएका थिए भने उनका कैयन प्रस्तुतिहरु डिजिटल प्लेटफर्ममा रहेका छन् ।
हुन त निशानलाई घरबाटै केहि न केहि अनुशरण गर्ने मौका, हौसला र सिर्जनाको क्षेत्रमा लाग्नका लागि स्यावासि पनि थियो । उनका बुबा भरत आचार्य एक प्रशिद्ध कलाकार, कवि तथा साहित्यकार पनि हुन् । उनले बनाएका मूर्तिहरु धेरै मन्दिर, मठहरु, चोक तथा पार्कमा रहेका छन् ।
निशान्तको के सिक्स बिफोर ब्याण्ड पनि रहेको छ । उनले समयको माग र प्रविधिको उच्च प्रयोग गर्दै डिजिटल प्लेटफर्ममा ख्याती मात्रै कमाएनन् उनको माग उच्च हुन गयो । युवाहरुमा संगीतप्रतिको रुचिमा बढावा भएको पाईयो । यो कुरा उनलाई फ्लो गर्नेहरुबाटै थाहा हुन्छ ।
नेपालका चर्चित रक स्टार तथा अभिनेता रविन तामाङ, मंकि टेम्पल, अभया सुब्बा लगायतका कलाकारहरुले निशान्तको क्षमता र कर्मको स्मरण गर्दै हामीमाझ सदियौं रहिरहने बताएका छन् ।
आईतबार बिहान ११ वजे पोखरा महानगरपालिका वडा नं १५ नयाँ गाउँ र वडा नं ७ को सिमानामा पर्ने सेती खोंचमा यति एयरलाइन्सको एटिआर७२ विमान दुर्घटनामा पर्दा चाहलक दलका चारसहित ७२ जनाको निधन भएको छ ।
अहिलेसम्म ६८ जनाको शव फेला पारिएको र बाँकीको खोजि कार्य जारिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् । हालसम्म ६८ जनाको शव फेला पारिएको र उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
यसैबीच बिमान दुर्घटनामा परेकाहरुको शवको पहिचान, परीक्षणका लागि काठमाडौंबाट आएको टोलीले काम गरीरहेको छ । शव परिक्षणका सबै प्रक्रिया पूरा भएपछि सनाखत भएका शवलाई पोखरामै र अन्यको डिएनए परिक्षणकाे लागि काठमाडौं पठाईने भएको छ । योसंगै पहिचान भएका शवलाई उनीहरुका परिवारलाई बुझाउने तयारी पनि गरिएको छ ।
सो बिमानमा २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु गरी ६८ जना र ४ चालक दलक सदस्य गरी ७२ जना रहेका थिए । अहिलेसम्म ६८ जनाको शव प्राप्त गरिएको छ भने उनीहरुमध्ये ४१ जनाको सनाखत भईसकेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



