
काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल विस्तार गरेका छन् । हिजो राति दलीय बाँडफाँड टुंगो लागेसँगै आज मन्त्रीमण्डल विस्तार गरिएको हो । विस्तारसँगै नयाँ नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीहरु थपिएका छन्भ । थपिएका मन्त्रीहरुले आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
थपिएका मन्त्रीहरुमा राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री, माओवादी केन्द्रकी रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यसैगरी सुदन किराँतीले पर्यटन तथा नागरिक उड्ययन तथा सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीका रुपमा शपथ लिएका छन् ।
नेकपा एमालेबाट डा. विमला राई पौडेलले परराष्ट्र मन्त्री , पदम गिरीले स्वास्थ्य मन्त्रीका रुपमा थपथ लिएका छन् । यसैगरी भगवती चौधरी र हरि उप्रेती पनि रहेका छन् । राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले सहरी विकास मन्त्रीमा तथा ध्रुवबहादुर प्रधान कानुनमन्त्रीका रुपमा शपथ लिएका छन् । राप्रपाकै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्यालले श्रम र शिशिर खनालले शिक्षा मन्त्रीका रुपमा शपथ लिएका छन् । डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् । उनले पनि आजै शपथ लिएकी छिन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए । एमालेका चार जना तथा जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



