यस्तो छ २३ सदस्यीय नयाँ मन्त्रिपरिषद् र कार्य विभाजन

-



     सफल आवाज    
     माघ ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपालको संविधानको धारा ७६ को उपधारा-९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा ७६ को उपधारा-९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको जानकारी दिएको हो । आज विस्तारित मन्त्रिपरिषद समग्रम २३ सदस्यीय रहेको छ ।

आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीज्यूसमक्ष नवनियुक्त उपप्रधान मन्त्री र मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । यसबाहेक राष्ट्रपतिको उपस्थितिमा नवनियुक्त राज्यमन्त्रीहरू डा. तोसिमा कार्की र दिपक बहादुर सिंहले नेपालको संविधानको धारा ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यस्तो छ नयाँ मन्त्रिपरिषद: