
काठमाडौं, ४ माघ । माया खोला हाइड्रोपावर कम्पनीले आगामी माघ १३ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त मितिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिसकेको छ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासनका लागि छुट्याएकोमा यसअघि १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिसकेको छ ।
कम्पनीले १ लाख २० हजार कित्ता सेयर पनि सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ र ४८ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइसकेको छ । अब भने सर्वसाधारणका लागि बाँकी रहेको १९ लाख ९२ हजार कित्ता निष्काशन हुन लागेको हो र सर्वसाधारणले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
उक्त आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिने गरी प्रारम्भिक मिति तोकिएको छ । तर सो अवधिभित्रमा पूर्ण आवेदन नपरेमा कम्पनीले निष्कासन अवधि माघ २७ गतेसम्म लम्ब्याउनेछ ।
प्रभु क्यापिटल लिमिटेड सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
कम्पनीले प्रवर्द्धन गरिरहेको १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १३ लाख ४२ हजार २८१ रुपैयाँ ९० पैसा रहेको कम्पनीले जनाएको छ । यो आयोजनाको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको बताइएको छ ।






काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



