
वासिङटन, ४ माघ । अमेरिकी प्रथम महिला जिल बाईडेन छालाको क्यान्सरबाट पीडित भएकी छन्। केही समयअघि उनको दाहिने आँखाको माथिल्लो भागमा देखिएको घाउ छालाको क्यान्सर भएको चिकित्सकहरूले पुष्टि गरे । नियमित परीक्षणका क्रममा उहाँमा उक्त रोग लागेको पुष्टि भएको हो ।
प्रथम महिलालाई उपचार गरेमा निको हुने खालको छालाको क्यान्सर भएको हो । परीक्षणका क्रममा चिकित्सकहरूले उनको वायातिरको वक्षस्थलको भाग र वाया आँखाको माथिल्लो भागमा पनि क्यान्सर लागेको पत्ता लगाए । रोग लागेको भाग हटाइएको छ ।
समयमै उपचार गर्दा निको हुने खालको क्यान्सर लागेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । आफूलाई क्यान्सर भएनभएको यकिन गर्न नियमितरूपमा स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै आउनु भएकी प्रथम महिलाको यो अभियान नयाँ होइन ।
न त उहाँका छोराको सन् २०१५ मा मष्तिष्क क्यान्सर लागेर निधन भए पछि प्रारम्भ भएको हो । जिल वाइडेनले दशकौँ अघिदेखि क्यान्सरविरुद्धको अभियानमा आफूलाई सक्रिय राखेकी छन्। शीर्ष नेताकी पत्नीका रूपमा परिचय सार्वजनिक हुनुअघिदेखि नै यो महारोगविरुद्धको अभियानमा उनीहोमिएकी हुन्।
‘तपाईलाई क्यान्सर भएको छ’ यो वाक्यांशले आफूलाई सर्वाधिक पीडा दिने उनले बताइन। यो रोग लागेकाले पनि आफूले जस्तै असिम पीडा महसुस गर्ने उनलाई लाग्छ । प्रथम महिलाले क्यान्सरविरुद्धको आफ्नो भावी अभियानलाई कहिले र कसरी अघि बढाउने भन्ने अनुमान अहिले नै गर्नु अपरिपक्व हुनेछ ।
उनको अवस्था, अनुभवले जनमानसमा क्यान्सरप्रतिको चेतना अभिवृद्धि, अनुसन्धान तथा सर्वसाधारणलाई नियमित स्वास्थ्य परीक्षण अर्थात् क्यान्सर लागेनलागेको सुनिश्चित गर्न अभिप्रेरित गर्नेछ । सार्वजनिक जीवनका व्यक्तिहरूका व्यक्तिगत अनुभूति र भोगाइ चेतना जागृतिका निम्ति अमूल्य हुनेछन् ।
प्रथम महिलाकी प्रवक्ता वानेसा वाल्डिभियाले व्यक्तिगतरूपमा नै जिल बाइडेन क्यान्सरविरुद्ध लागेकाे बताइन । क्यान्सर जोकोहीलाई लाग्नसक्ने उनको बुझाइ छ । क्यान्सरप्रति सचेत रहन र समयमै उपचारका निम्ति अग्रसर हुन उनले सन् १९९३ देखि नै अभियान थालेकी हुन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




