
जोहानेसवर्ग, ५ माघ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्कोको पक्षमा उभिन आनाकानी गर्दै आएको दक्षिण अफ्रिकाले आगामी महिना आफ्नो समुद्र तटमा चीन र रुससँग संयुक्तरूपमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ ।
विगतदेखि नै चीन र रुससँग सुमधुर रहेको देशको सम्बन्धलाई अझ सुदृढ बनाउन तीनवटै राष्ट्रका सेनाबीच बहुराष्ट्रिय जलसैन्य अभ्यास हुने दक्षिण अफ्रिकी सेनाले बिहीबार बताएको छ । आगामी फेब्रुवरी १७ देखि ‘मोसी’ संयुक्त सैन्य अभ्यास हुने दक्षिण अफ्रिकाको राष्ट्रिय प्रतिरक्षा बलले जनाएको हो ।
तीन देशका जलसेनाको यो दोस्रो संयुक्त अभ्यास हुनेछ । चार वर्षअघि यस्तै अभ्यास केपटाउनमा भएको थियो । सैन्य कारबाहीलगायत आधारभूत सीप र ज्ञान आदानप्रदान गर्न आफ्ना चिनियाँ र रुसी समकक्षीसँग देशका तीन सय ५० सैनिक कर्मचारीले संयुक्त अभ्यासमा भाग लिने दक्षिण अफ्रिकी सेनाले जनाएको छ ।
दक्षिण अफ्रिका ब्राजिल, रुस, भारत र चीन सदस्य रहेको ब्रिक्सको हालै अध्यक्ष बनेको हो । अमेरिका र युरोपेले नेतृत्व गरेका विश्वव्यापी शासनका संरचनालाई चुनौती दिन ब्रिक्स स्थापना भएको ठानिन्छ । दक्षिण अफ्रिकाले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको छ । पश्चिमा राष्ट्रले भने रुसमाथि धेरै किसिमका प्रतिबन्ध लगाएका छन्








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




