
काठमाडौं, ८ माघ । एनएमबि बैंकले चालु आर्थिक वर्षको २०७९/८० को दोस्रो त्रैमासमा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक अपरिष्कृत वित्तीय तथ्याङ्कले यस्तो देखाएको हो । यो आँकडा बैंकको गत वर्षको सोही अवधिको तुलनामा ११.११ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड खुद नाफा कमाएको थियो ।
सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ भने १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसैगरी बैंकले यो दुई त्रैमाससम्म ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ तथ्याङ्क छ । तुलनात्मक रुपमा हेर्दा बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो ६ महिनाको अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद सञ्चालन मुनाफा आर्जन गरेको पाइएको छ ।
वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, रिटर्न अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ र रिर्जभमा ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ देखिएको छ ।
यस्तै दोस्रो त्रैमाससम्म बैंकको प्रति सेयर आम्दानी अर्थात् ईपीएस २० रुपैयाँ ७० पैसा तथा नेटवर्थ प्रति सेयर १ सय ४८ रुपैयाँ १० पैसा रहेको छ । साथै खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत, आधार दर १०।६८ र स्प्रेड दर ४.१९ प्रतिशत रहेको बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




