
काठमाडौं, ९ माघ । एभरेष्ट बैंककाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले पुस २५ गतेदेखि वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेकाे १० वर्षे अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गरेको थियाे।
बैंकले रु एक हजार अंकित दरकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । यसबाट १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत बिक्री गरिने भएकाे छ ।
८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएकाे छ। सर्वसाधारणका लागि जारी गरिएको ऋणपत्रबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ।
लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसमा सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु, तिनका कार्यालय र मेरो सेयर अनलाइनबाट आवेदन दिन सकिने भएकाे छ।
केयर नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ। ऋणपत्रबाट पाउने ब्याज हरेक प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि भुक्तानी गरिने भएकाे छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




