के कारणले विश्वका ठूला बैंकले धेरै कर्मचारी हटाउदैछन् ?

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


काठमाडौं, ११ माघ । आर्थिक अवश्था र आम्दानी कमजाेर हुँदै गएपछि विश्वका ठूला बैंकहरुले वित्तीय संकटपछिकाे समयमा भारी मात्रामा कर्मचारी हटाउन लागेका छन् ।

लगानीका क्षेत्रहरुबाट लाभ कम हुन थालेपछि उनीरहरुले बैंकका कार्यकारीहरुलाई व्यवस्थापन गर्न गाह्राे भइरहेकाे बताइएकाे छ । लागतलाइ कम गर्ने बहानामा उनीहरुले कर्मचारी कटौतीको तयारी शुरु गरेकाे फाइनान्सियल टाइम्सकाे एक रिपोर्टमा उल्लेख छ ।

गोल्डम्यान साक्स, क्रेडिट सुइस, मोर्गन स्टेनली, तथा बैंक अफ न्यूयोर्क मेलनले हालै १५ हजार बढी रोजगारी कटौती गरेका पाइएकाे छ । याे अवश्था विश्वभर नै कायम रहेकाेले कर्मचारी कटौतीको याे लहर अमेरिकका, युरोप लगायतका देशहरुमा पनि देखिन सक्ने आकलन गरिएकाे छ ।

सन् २००८ काे वित्तीय संकटको समस्या समाधानका लागि बैंकिङ क्षेत्रका करिब डेढ लाख कर्मचारीहरु जागिरबाट निकालिएका थिए ।

वाल स्ट्रिट बैंकले ३२ सय कर्मचारीहरुलाई हटाउन लागेकाे छ । क्रेडिट सुइसले ९ हजार, सिटी ग्रुप तथा युबीएसले पनि आर्थिक अवश्था कमजाेर हुन थालेपछि खर्चमा मितव्ययीता अपनाउन कर्मचारी हटाउने भएका हुन ।