गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाई जारी

-



     सफल आवाज    
     माघ ११ गते २०७९ मा प्रकाशित


काठमाडौं, ११ माघ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा आजबाट सुनुवाई सुरु भएको छ । गएको पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर माघ ११ गते अर्थात् आज पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश दिए बमोजिम आजबाट सुनुवाई सुरु भएको हो ।

गृहमन्त्री लामिछानेको यो विवादमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको फाइल सर्वोच्च अदालतले झिकाएको छ । यसैगरी सर्वोच्चले गएको २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र गत मंसिर १३ गते प्रतिनिधि सभाको उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि झिकाएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाई भइरहेको हो ।