
काठमाडौं, १२ माघ । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिना अर्थात् पुस मसान्तसम्म नेपालमा २४ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थक वर्षको अर्धवार्षिक वैदेशिक व्यापारको तथ्याङ्क अनुसार साउनदेखि पुस महिनाभित्र विश्वका विभिन्न १४ देशबाट २६ करोड ३७ लाख ८१ हजार रुपैयाँ बराबरको १ लाख ७३ हजार ७२१ थान स्मार्टफोन आयात भएको छ ।
तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी राष्ट्र चीन र भारत सहित अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, पोर्चुगल, कतार, यूएई र अमेरिका गरी विश्वका १४ देशबाट स्मार्टवाच आयात भएको देखिन्छ ।
आँकडाअनुसार यो अवधिमा नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात भएको पाइएको छ । यो अवधिमा चीनबाट १८ करोड ४४ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार ३१८ थान स्मार्टवाच भित्रिएको छ । यसैगरी भारतबाट ४ करोड ७२ लाख ५७ हजार बराबरको १६ हजार ९३१ थान स्मार्टवाच नेपाल आएको छ ।
यसैगरी भियतनामबाछ १ करोड ५ लाख ६४ हजार बराबरको ३५० थान, अमेरिकाबाट १० लाख ४० हजार बराबरको ४७ थान, यूएईबाट ८९ हजार बराबरको ४५ थान, दक्षिण कोरियाबाट १ लाख २४ हजार बराबरको ५ थान र पोर्चुगलबाट १९ हजार बराबरको ४ थान स्मार्टफोन भित्रिएको तथ्याङ्कले देखाएको छ ।
यसबाहेक जापान, न्यूजिल्याण्ड,फिलिपिन्स, कतार ताइवान बेलायतबाट समान १-१ स्मार्टफोन आयात भएको छ । यसरी स्मार्टफोन आयातवापत् ६ महिनामा सरकारले ७ करोड ४७ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



