माया खोला हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     माघ १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ माघ । माया खोला हाइड्रोपावरले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेकाे छ । साे सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि र वैदिशक रोजगार रहेकाहरुकाे लागि निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर जारी गरेकाे हाे ।

कम्पनीले ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर छुट्याएको थियो। त्यसबाट १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन भइसकेकाे छ।

कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि वितरण गरेकाे छ । ४८ हजार कित्ता सेयर कर्मचारीका लागि रहेकाे जनाइएकाे छ । बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले घटीमा १० र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यसका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिने भएकाे छ। ताेकिएकाे समयसम्म पूर्ण आवेदन नपरेमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग दिएकाे छ। याे भनेकाे कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत हाे ।