
काठमाडौं, १३ माघ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुन: नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ १५ गतेदेखि लागू हुनेगरी शेरचनलाई प्रमुख कार्यकारी अधिकृतको पदमा पुन: नियुक्त गरेको हो । उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको हो ।
राष्ट्र बैंकले पुस मसान्तसम्म मर्जरमा जाने बैंकलाई प्रमुख कार्यकारीले अर्को एक कार्यकाल थप्न पाउने सुविधा दिएको छ । यस हिसाबले हालै सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि राष्ट्र बैंकको सहुलियत अनुसार शेरचन अर्को कार्यकालका लागि प्रमुख कार्यकारीको पदमा निरन्तरता पाउन योग्य भएका हुन् ।
शेरचनसङ्ग यसअघि एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा २५ वर्ष विभिन्न जिम्मेवारीसहित काम गरेको अनुभव छ । उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायब प्रमुख कार्यकारीका रुपमा कार्यरत थिए।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




