
संयुक्त राष्ट्रसङ्घ, १५ माघ । कङ्गोमा पछिल्लो समयमा विद्रोहीहरुले हिंसात्मक हमला बढाएका छन् । जसका कारण यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित हुन पुगेका बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही महिनायता यहाँका एम २३ नामको विद्रोही समूहले सशस्त्र हमला गर्ने गरेको छ । यस्ता हमलाहरुमा नागरिक पर्ने भएकाले उनीहरुलाई त्यहाँबाट विस्थापित हुने गरेका संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी एजेन्सीको एक रिपोर्टअनुसार यहाँका ९० हजार मानिस केही हप्तायतामात्र विस्थापित हुन पुगेका छन् ।
कङ्गोको सरकारी सुरक्षा फौज र उक्त विद्रोही समूहका बीचमा पछिल्ला हप्ताहरुमा भएका झडपहरुमा नागरिक पनि पर्ने गरेका छन् । जसका कारण स्थानीय नागरिक भागेर अन्यत्रै जाने गरेका संयुक्त राष्ट्रसङ्घीय उक्त एजेन्सीले जनाएको छ । खासगरी उत्तरी कङ्गोको किभु प्रान्तमा यस्तो विद्रोह हुने गरेको बताइएको छ ।
सो विद्रोहमा परेर कम्तीमा पनि ९० हजार स्थानीय नागरिक त्यहाँबाट विस्थापित भएका र उनीहरुलाई मानवीय सहायताको खाँचो परेको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले बताए।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




