रवि लामिछाने पुन: रास्वपा सभापति चयन

-



     सफल आवाज    
     माघ १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ माघ । रवि लामिछाने पुन राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका छन् । आज नेपाली लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । खारेजीसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि खारेज भएको थियो ।