बैंकिङ कसुरमा परेका कामना बैंकका सीइओ बस्नेतलाई बाेर्डले हटायो, कामु सीइओमा विनय दाहाल

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ। कामना सेवा विकास बैंककाे बाेर्डले प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ। बैंकिङ कसुर अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बैंककाे संचालक समितिले बस्नेतलाई हटाएको हाे । २०७९ फागुनबाट उनकाे ४ बर्षे कार्यकाल समेत सकिदै थियाे ।

पुर्व झापाका केही ऋणीलाई नियम बिपरित कर्जा प्रबाह गरेकाे अनुसन्धानबाट खुलेपछि राष्ट्र बैंकको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत सहित ११ जनालाई पक्राउ पुर्जी जारी गरेकाे थियाे।

अहिले विकास बैंककाे बाेर्डले बस्नेतको स्थानमा विनय दाहाललाई कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी दिएको छ। दाहाल अहिले कामना सेवा विकास बैंककाे नायब प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए।

दाहालले कामना बैक प्रबेश गर्नुअघि एनआइसी एसिया बैक, एनएमबि बैक लगायतमा उच्च ब्यबस्थापनमा रहेर कार्य गरिसकेका छन । बित्तीय क्षेत्रमा दाहाललाई अनुभबी र कुशल बैकरका रूपमा लिने गरिन्छ ।