पेरुका राष्ट्रपतिद्वारा तत्काल निर्वाचन घोषणा गर्न आग्रह

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



लिमा, १६ माघ । पेरूमा हप्तौंदेखि जारी हिंसात्मक प्रदर्शनलाई अन्त्य गर्ने उपायका रूपमा समयअगावै निर्वाचन गराउन आइतबार संसदलाई पुनः आग्रह गर्दै अन्यथा आफूले संवैधानिक सुधारको बाटो अवलम्बन गर्ने चेतावनी दिएका छन् ।

गत डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोलाई संसद भङ्ग गर्ने र हुकुमी शासन गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि दक्षिण अमेरिकी देश राजनीतिक सङ्कटमा फसेको छ । पेरुको गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार सात हप्ताको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा एक प्रहरी अधिकारीसहित ४८ जनाको मृत्यु भएको छ ।

यो अशान्ति मुख्यतया दक्षिणी पेरूका गरिब, ग्रामीण आदिवासीहरूबाट आएको छ । आदिवासी बहुल क्षेत्रका कास्टिलोलाई हटाउनुलाई गरिबी, नस्लवाद र असमानताको अन्त्यको आफ्नो लडाईँमाथिको षड्यन्त्र भएको आदिबासी समुदायको बुझाइ रहेको छ ।

गत महिना सांसदहरूले सन् २०२६ मा हुने निर्वाचनलाई सन् २०२४ को अप्रिलमा सार्ने प्रस्ताव अघि सारेका थिए, तर विरोध प्रदर्शन कम हुने कुनै सङ्केत नदेखिएकाले बोलुआर्टेले यसै वर्ष निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बोलुआर्टेले भने, “सन् २०२३ भित्र निर्वाचन गरी पेरुबासीको विश्वास जित्ने मौका लिन संसदहरूलाई आग्रह गरेका थिए।