प्रिमियममा आइपीओ जारी गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

-



     सफल आवाज    
     माघ १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ माघ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । हिजो माघ १५ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

उक्त साधारणसभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव जवराको नियुक्ति तथा स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्तिलाई पनि अनुमोदन गरेको थियो ।

यसबाहेक सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको कम्पनीले जानकारी दिएको छ ।