एशियन हाइड्रोले माघ २७ गतेदेखि आइपीओ निश्काशन गर्ने

-



     सफल आवाज    
     माघ १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ माघ । एशियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि सेयर आइपीओ निश्काशन गर्ने भएकाे छ । कम्पनीका अनुसार ६ लाख ९७ हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे ।

सर्वसाधारणका लागि कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने ८ लाख ४० हजार कित्ता सेयर छुट्याएको हाे । यसबाट १० प्रतिशतले हुने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि निष्काशन भइसकेकाे छ । ४२ हजार कित्ता सामुहिक लगानी कोषका लागि रहेकाे छ । १६ हजार ८ सय कित्ता सेयर कर्मचारीका लागि रहेकाे। 

सेयरमा लगानी गर्न चाहने सर्वसाधारण लगानीकर्ताले ६ लाख ९७ हजार २ सय कित्ता सेयरमा आवेदन दिन पाउनेछन् । यसका लागि फागुन २ गतेसम्म आवेदन दिन पाइनेछ । ताेकिएकाे मितिसम्म पूर्ण आवेदन नपरेकाे खण्डमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयरमा घटीमा १० कित्ता र बढीमा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सीआस्वा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन पेश गर्न सक्नेछन् । 

केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । याे भनेकाे कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत हाे । 

सेयरकाे बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।