
काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ’झ’ बिक्री गर्न लागेको जानाएको छ ।
केन्द्रीय बैंकका अनुसार ऋणपत्रको खरिद बोलकबोल प्रक्रियाबाट हुने र यसका लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ ।
राष्ट्र बैंकले निकालेको सूचना अनुसार ऋणपत्रका लागि इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । प्रतिस्पर्धी खरिदकर्ताका लागि निष्कासित रकमको ८५ प्रतिशतले हुन आउने ६ अर्ब ८० करोड रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धीका लागि १५ प्रतिशतले हुन आउने १ अर्ब २० करोड छुट्याइएको छ ।
यसका लागि इच्छुक लगानीकर्ताले आज माघ १७ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । निष्कासित ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासत रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिने प्रावधान राखिएको छ । ऋणपत्र भोलि माघ १८ गते निष्कासन हुने तथा आगामी २०८४ माघ १८ गते साँवा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
निष्कासन हुन लागेको विकास ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने जनाइएको छ । धितो राखेरर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ। ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




