
काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता युवराज सफल पौडेलले लामिछानेले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको बुझिएको छ ।
अधिवक्ता युवराज सफल र रविराज बसौलाले लामिछानेको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई हुँदा सर्वोच्चले लमिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । सोही फैसला अनुरुप लामिछानेको रास्वपा पार्टी सभापति तथा उपप्रधान र गृहमन्त्री पदसमेत खारेज भएको थियो ।
लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले आज युवराजले दिएको जाहेरी दर्ता नगरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । पौडेलले लामिछानेविरुद्ध आजै अध्यागमन विभाग कालिकास्थानमा पनि जाहेरी बुझाएकाेमा अध्यागमन विभागले पनि दर्ता गर्न अस्वीकार गरेको बताइएको छ ।
पौडेलले प्रहरीमा दिएको जाहेरीमा राहदानी ऐन अनुसार कारबाही हुनुपर्ने माग राखिएको छ । अध्यागमन विभागमा दिइएको जाहेरीमा अध्यागमन ऐन अनुसार कारबाही हुनुपर्ने माग उल्लेख गरिएको छ । झुटो विवरण दिई राहदानी लिएमा २ देखि ५ लाख रुपैयाँ जरिबाना, १ देखि ३ वर्ष कैद सजाय वा दुवै सजाय हुने ऐनमा व्यवस्था गरिएको छ । राहदानी ऐनको उल्लङ्घन गरेको प्रमाणित भए ७५ हजार रुपैंयासम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




