
काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी नै खारेज हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । उक्त पार्टीको दर्ता प्रक्रिया नै गलत रहेकोले खारेज हुनुपर्ने भन्दै आयोगमा उजुरी परेको हो ।
यसअघि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता दुरुपयोग गरेको भन्दै सर्वोच्च अदालतमा उजुरी दिनेमध्येका एक युवराज पौडेलले निर्वाचन आयोगका सचिवलाई उजुरी बुझाएका हुन् ।
उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरेर लामिछानेले गरेका रास्वपा दर्ता लगायतका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेज गर्न माग गरिएको छ ।

उजुरीमा एक जना गैर नागरिक व्यक्ति उपप्रधान तथा गृह मन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको हुनसक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क उल्लेख गरिएको छ ।
यिनै युवराज पौडेलले हिजो मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिँदै राहदानी ऐन अनुसार कारबाही हुनुपर्ने र अध्यागमन विभागमा जाहेरी दिँदै अध्यागमन ऐन अनुसार कारबाही हुनुपर्ने माग गरेका थिए । तर मंगलबार काठमाडौं प्रहरी परिसर तथा अध्यागमन विभाग दुवैले लामिछानेमाथिको मुद्दा दर्ता गरेका थिएनन् ।






काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 



