
बाग्लुङ, १९ माघ । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको बाग्लुङमा हुन गईरहेको तेस्रो क्याबिनेट मिटिङको तयारी पुरा भएको छ । भोलि माघ २० गते शुक्रबार र २१ गते शनिबार बाग्लङुमा हुन गइरहेकाे उक्त क्याबिनेट मिटिङकाे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नेछन भने लायन्स अन्तराष्ट्रियका आईडी ईन्डोर्सी लायन बालकृष्ण बुर्लाकोटी विशेष अतिथि रहनुहुने डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजुले बताए ।
याे मिटिङमा डिस्ट्रिक्ट ३२५ के नेपालले हालसम्म गरेका कार्यहरूकाे जानकारी गराउने र भावी कार्ययाेजना बारेमा छलफल गरिने बताइएकाे छ ।

बाग्लुङमा हुन गईरहेको यो क्याबिनेट मिटिङमा काठमाण्डौ, पोखरा र धौलागिरी क्षेत्रका ७ सय भन्दा बढी लायन्सकाे सहभागिता रहने क्याबिनेट सेक्रेटरी लायन मिनराज काफ्लेले बताएका छन ।
तेस्रो क्याबिनेट मिटिङ सम्पन्न गर्नका लागी बाग्लुङका सम्पूर्ण लायन्स क्लबहरू स्थानीय आयोजक भएर विभिन्न उपसमितिमा रहेर तयारीमा जुटिरहेको र डिस्ट्रिक्टले समन्वय गरिरहेकाे क्याविनेट ट्रेजरर् लायन मदनकुमार मुल्मीले बताए ।
तेस्रो क्याबिनेट मिटिङको तयारी लगभग पुरा भएको र अाजसम्म प्रि रजिष्ट्रेसनकाे समय रहेकाेले लायन साथीहरूलाइ समयमै नाम दर्ता गराउन कार्यक्रम संयोजक लायन दुर्गा कुँवरले अनुराेध गरेका छन ।
यो कार्यक्रमले देशभरका लायन्सहरुबिच फेलोशीप बढाउने र धौलागिरी क्षेत्रकै पर्यटन प्रवर्धन गर्ने हुनाले यसले समग्र बाग्लुङबासीलाई नै उत्साहित बनाएको लायन काजीमान गुरूङले बताए ।
लायनवर्ष २०२२ -२०२३ मा डिस्ट्रिक्ट ३२५ के नेपालले सर्भिस फेलोशीप र लिडरशीपका विभिन्न कार्यक्रमहरु गर्दै लायन सदस्यहरूलाइ क्रियाशिल बनाएर नेपालका अन्य डिस्ट्रिक्टकाे तुलनामा अग्रणी र सक्रिय डिस्ट्रिक्ट बनिरहेको छ।

डिस्ट्रिक गर्भनर लायन राजेन्द्र बाटाजुले याे बर्ष घाेषणा गरिएका सबै कार्यक्रमहरु लायन्स साथीहरुको सक्रियताले सफलतापुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै अहिलेकाे लायन वर्षलाई ऐतिहासिक वर्ष बनाउनेतर्फ क्रियाशील रहन सबैलाइ आग्रह गरेका छन । साथै तेस्रो क्याबिनेट मिटिङमा सक्रिय सहभागिताका लागी डिस्ट्रिक गर्भनर बाटाजुले अनुराेध समेत गरेका छन ।
यही डिष्ट्रिक्टका लायन लिडर बालकृष्ण बुर्लाकाेटी आगामी जुलाइमा अमेरिकाकाे बाेष्टनमा हुने इन्टरनेशनल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर बन्दैछन । साथै डिस्ट्रिक्ट ३२५ के नेपालकाे पहिलाे डिस्ट्रिक्ट कन्भेन्सन समेत अाउदाे चैत ४ गते पाेखरामा हुदैछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




