
काठमाडौं, २० माघ । शुभम पावर लिमिटेडको आईपीओमा निस्कासित आँकडाभन्दा १८.६४ गुणा बढी सेयरका लागि आवेदन परेको छ । कम्पनीले गत माघ १८ गतेदेखि निष्कासन गरेको सेयरमा करिब ८ लाख आवेदकले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा शुक्रबार १ः३३ बजेसम्ममा ७ लाख ९३ हजार ७५ जना आवेदकबाट ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको ८९ लाख ८१ हजार ७४० कित्ता सेयरको लागि आवेदन परेको हो । यो आँकडा सर्वसाधारणका लागि निष्कासित ४ लाख ८१ हजार ८८२ कित्ता सेयरको १८.६४ गुणा बढी हुन आउँछ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ । गत माघ १८ गतेदेखि भने सर्वसाधारणका लागि मात्र आईपीओ निष्कासन गरिएको हो ।
कम्पनीले जारी पुँजी २० करोडको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता र आयोजना प्रभावित क्षेत्रलाई निष्कासन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित ५ लाख ८० हजार ५८ कित्ता सेयर निष्कासनमा ल्याएको बुझिएको छ ।
उक्त परिमाणमध्ये १० प्रतिशतले हुन आउने ८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २ प्रतिशतले हुन आउने ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने २९ हजार ३० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो ।
त्यसबाट बाँकी रहने ४ लाख ८१ हजार ८८२ कित्ता सेयर सर्वसाधारणको लागि निष्कासनमा ल्याइएकोमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले माघ २२ गतेसम्म आवेदन दिने म्याद राखेको छ भने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




