
संयुक्त राष्ट्रसङ्घ २३ माघ । आइतवार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको हेलिकप्टरमा भएको आक्रमणको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले कडा निन्दा गरेका छन् ।
उक्त घटनामा परी एक दक्षिण अफ्रिकी शान्ति सैनिकको मृत्यु भएको छ र अर्का एक गम्भीर घाइते भएका विज्ञप्तिमा जनाइएको छ । गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकविरुद्धको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनअन्तर्गत युद्धअपराध हुन सक्छ र कङ्गोली अधिकारीलाई यस जघन्य आक्रमणको छानबिन गर्न र दोषीलाई तुरुन्तै न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् ।
महासचिवले कङ्गोको प्रजातान्त्रिक गणतन्त्रमा आफ्नो विशेष प्रतिनिधिमार्फत् संयुक्त राष्ट्रसङ्घले देशको पूर्वमा शान्ति र स्थायित्व ल्याउने प्रयासमा कङ्गोली सरकार र जनतालाई सहयोग गरिरहने कुरा पुनः पुष्टि गरे । संयुक्त राष्ट्रसङ्घका महासचिवले मृतक शान्ति सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको विज्ञप्तिमा भनिएको छ ।
हेलिकप्टर आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । लामो समयदेखि असुरक्षा र हिंसाले ग्रस्त उत्तरी किभु प्रान्त सरकारी सेना र स्थानीय सशस्त्र समूहबीच महिनौंदेखि चलिरहेको लडाइँको केन्द्रबिन्दु बनेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




