
काठमाडौं, २७ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरू लगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतामा कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालज्यूले हस्ताक्षर गरे ।
नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सबल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि यो सम्झौता भएको जनाइएको छ ।
दुवै कम्पनीको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीहरूलाई समायानुकूल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने/गाभिने सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएपछि बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ ।
दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स लि. र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात (स्वाप रेशियो) १ः१ कायम रहने गरी सम्झौता गरिएको हो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




