भोलि देशैभर सार्वजनिक बिदा

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । भोलि फागुन १ गते जनयुद्ध दिवसमा देशैभर सार्वजनिक बिदा दिइने भएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भोलि फागुन १ गते जनयुद्ध दिवसका रूपमा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

केहीदिन अघि जनयुद्ध दिवसमा बागमती प्रदेशले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर अब भने सरकारले उक्त दिन देशैभर सार्वजनिक बिदा दिने भएको हो ।

माओवादीले वि.सं. २०५२ फागुन १ गतेबाट सुरू गरेको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो । गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका हिसाबले जनयुद्ध दिवसका अवसरमा सरकारले देशव्यापी सार्वजनिक बिदा दिने घोषणा गरेको बुझिएको छ ।