स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

-



     सफल आवाज    
     फागुन १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ फागुन । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले गत माघ २६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भई आगामी फागुन ८ गतेसम्म पुगेको छ।

बैंकले गत माघ २६ गतेदेखि २ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्कासन गरेको थियो । ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार निष्कासित परिमाणको ६० प्रतिशतले हुन आउने १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपुँजी रकम व्यक्तिगत तबरबाट बाँडफाँट गरिनेछ । त्यसबाट बाँकी रहेको ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपुँजी रकम सर्वसाधारणका लागि बाँडफाँट गरिनेछ । सर्वसाधारणको लागि छुट्ट्याइएको ९ लाख ६० कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लागनी कोषको लागि बाँडफाँट गरिएको बताइएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको बैंकको निष्कासित ऋणपत्रमा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।