
काठमाडौं, १ फागुन । नेपालमा रहेका बीमा कम्पनीहरुको सङ्ख्या २८ मा सीमित हुने देखिएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको योजना ल्याएसँगै कम्पनीहरु एक आपासमा गाभिएर यो सड्ख्या २८ मा सीमित हुने देखिएको हो ।
प्राधिकरणले अघिल्लो वर्ष चैत मसान्तभित्र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउन निर्देशन जारी गरेको थियो । उक्त निर्देशनपछि बीमा कम्पनीहरूमा चुक्ता पुँजी पुर्याउन मर्जरमा जाने क्रम बढ्यो ।
पछिल्लो १ वर्षमा २१ वटा बीमा कम्पनीहरू मर्जर प्रक्रियामा गएका छन् । बीमा प्राधिकरणले चुक्ता पुँजी बढाउन निर्देशन दिएको ११ महिनामा ६ वटा कम्पनी मर्ज भएर एकीकृत कारोबार पनि सुरू गरिसकेका छन् । त्यसबाहेक १५ वटा कम्पनी एकआपसमा मर्जरको प्रक्रियामा रहेका छन् । यी कम्पनीको मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार सुरू गरेपछि बीमा कम्पनीको संख्या हाल रहेको ३९ बाट २८ वटामा सीमित हुनेछ ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बीमा कम्पनीहरुले आफ्ना पुँजी वृद्धिको योजना बुझाइरहेक छन् । केही कम्पनीले पुँजी बढाउन आफ्नो क्यापिटल प्लान बुझाइरहेका र केहीले एकीकृत कारोबार नै गरिसकेका छन् उनी बताउँछन् । पुँजी बढाउने समय बाँकी रहेकाले केही मर्जर तथा प्राप्तिमा गइरहेका छन् भने केही कम्पनी मर्जरको तयारीमा रहेका उनको भनाइ छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




