
काठमाडौं, २ फागुन । अबदेखि धितोपत्र सम्बन्धी अनुसन्धान भितोपत्र बोर्डले ३० दिनमा सम्पन्न गर्न नसके स्वत: नेपाल प्रहरीमा जाने भएको छ । धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी कसूरको प्रारम्भिक अनुसन्धान ३० दिनभित्र सक्नुपर्ने र नसकेको खण्डमा स्वत: नेपाल प्रहरीले उक्त कसूरको अनुसन्धान गर्ने भएको हो ।
यो नियमसम्बन्धी प्रस्ताव सहित हालै सरकारले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गराएको छ । गत शुक्रबार दर्ता भएको उक्त विधेयकमा धितोपत्रको अधिकार प्रहरीमा प्रत्यारोपण गरिने प्रस्ताव गरिएको छ । यो प्रस्ताव संसदबाट पारितभएपछि लागू हुनेछ ।
संसदमा पेश भएको उक्त विधेयकमा धितोपत्र कसुर सम्बन्धी मुद्दामा धितोपत्र बोर्डले ३० दिने प्रारम्भिक अनुसन्धान मात्र गर्न पाउनेछ। ३० दिनको प्रारम्भिक अनुसन्धानमा कसुरको किनारा लगाउन नसकेमा उक्त अनुसन्धानको अधिकार स्वत: प्रहरीलाई दिनुपर्नेछ ।
यो वियषमा धितोपत्र बजारसँग दख्खल राख्नेहरुले विशेष प्रकृतिका यस्ता धितोपत्र कसूरमा बोर्डले नै अनुसन्धान गर्नुपर्ने तर्क राख्दै आएका थिए । तर त्यसको उल्टो सरकारले भने ३० दिनपछिको स्वत: अख्तियारी प्रहरीमा जाने व्यवस्था गर्न लागेको हो । बोर्डले आफ्नो अनुसन्धानको म्याद सकिएपछि प्रारम्भिक अनुसन्धानका क्रममा संकलन गरेका विवरण र प्रमाणहरु पनि प्रहरी प्रधान कार्यालयमा पठाउनु पर्ने उल्लेख गरिएको छ ।
तर यसरी प्रहरीमा पुगेको मुद्दामा प्रहरीले अनुसन्धान गर्दा धितोपत्र बोर्डको पनि संलग्नता गर्नुपर्ने प्रावधान राखिएको छ । उक्त प्रस्तावमा यस प्रकारको अनुसन्धानमा प्रहरीसँग सहकार्य गर्ने औचित्यले बोर्डको कुनै अधिकृत समन्वयका लागि संलग्न गर्नुपर्ने उल्लेख गरिएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




