
काठमाडौं, ३ फागुन । मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने जनाएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारमा गएका नेपालीका लागि ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आईपीओ निष्काशन गर्ने भएकाे हो।
जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशतले हुने ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्काशन गरिने भएकाे हाे ।
यसमा अति प्रभावित क्षेत्र संखुवासभाकाे सिद्धकाली, सिद्धपोखरी तथा मावादीन गाविसका जनताका लागि २ लाख ७१ हजार २९२ कित्ता रहेकाे छ । २ लाख ७१ हजार २९१ कित्ता संखुवासभा जिल्लाका जनताका लागि रहेकाे छ ।
सर्वसाधारणका लागि छुट्याइएको १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारकाे श्रम स्वीकृती लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि जारि गर्न लागिएकाे हाे । यसका लागि घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
आयोजन प्रभावित क्षेत्रका जनताले फागुन २५ गतेसमम्म आवेदन दिनु पर्नेछ । ताेकिएकाे अवधिमा माग अनुसारकाे आवेदन नपरे चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा गएका नेपालीहरुले फागुन २५ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ।
लगानीकर्ताले आयोजना स्थल, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारमा गएकाहरुले सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु, ताेकिएका शाखाहरुबाट तथा मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




