
काठमाडौं, ३ फागुन । फागुन महिना लागेपछि बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) पुन: अभाव हुन थालेको छ। माघ महिनामा सहज हुँदै गएको तरलता अब पुन अभाव हुन थालेको देखिएको छ।
यसो हुनुमा नेपाल राष्ट्र बैंकले तरलता अभावलाई केही सहज बनाउने उद्देश्यले रिपोमार्फत बजारमा पठाएको ५० अर्ब रुपैयाँ नियम अनुसार फिर्ता लैजानु मुख्य कारक देखिएको छ । यसरी बैंकहरुमा केही समय रहेको ५० अर्ब बराबरको लगानीयोग्य पुँजी केन्द्रीय बैंकमा पुगेपछि बैंकिङ प्रणालीमा पुन: तरलता अभाव बढेको हो । तरलता अभाव बढेसँगै अन्तर बैंक ब्याजदरमा पनि उल्लेख्य वृद्धि भएको छ।
माघको मध्येमा साढे ४ प्रतिशतमा झरेको अन्तर बैंक ब्याजदर अहिले साढे ८ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार फागुन १ गते अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत रहेको जुन १५ दिनभित्रै झन्डै दोब्बरले बढेको हो । अन्तर बैंक ब्याजदरमा उछाल आए पनि सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल नै रहेको पाइएको छ । फागुन १ गते बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८६.३१ प्रतिशत रहेको देखिएको थियो ।
अन्तर बैंक ब्याजदर भन्नाले एक बैंकले अर्को बैंकसँग कर्जा व्यवस्थापनका लागि लिने सापटीबापत तिरिने रकमको ब्याजदर हो । बैंकहरुले कर्जाको माग व्यवस्थापन गर्न एक अर्को बैंकसँग सापटी लिने गरिरहेका हुन्छन् । तरलता व्यवस्थापनका लागि बैंकहरुले अन्तर बैंक सापटीका साथै नेपाल राष्ट्र बैंकबाट पाउने स्थायी तरलता सुविधा समेत लिने गर्दछ् तर माघ महिनामा भने तरलता सहज भएका कारण बैंकहरुले स्थायी तरलता सुविधा लिनुपरेको थिएन ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




