
काठमाडौं, ४ फागुन । तार काट्ने वा इन्टरनेट सेवा अवरुद्ध गर्ने जस्ता कार्य तत्काल नगर्न उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणलाई अन्तरिम आदेश दिएको छ । प्राधिकरणविरुद्ध परेको मुद्दामा बुधबार सुनुवाई गर्दै उच्च बदालत पाटनले यस्तो अन्तरिम आदेश जारी गरेको हो ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल ९आईस्पान०ले विद्युत प्राधिकरणसहित उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय सिंहदरबार काठमाडौं समेतलाई विपक्षी बनाएर केही समयअघि दायर गरेको मुद्दामा सुनुवाई गर्दै अन्तरिम तथा कारण देखाउ आदेश दिएको अदालतले जनाएको छ।
उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले निषेधाज्ञायुक्त आदेश जारी गरिपाउँ भन्ने निवेदनमा सुनुवाई गर्दै निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने हो, होइन? निवेदन माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीलाई आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
“यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको देखिँदा अन्तरिम आदेश छलफलको लागि मिति २०७९।११।१६ गतेको पेशी तोक्नू । साथै सो अवधि सम्म विपक्षी नेपाल विद्युत प्राधिकारणद्वारा प्रकाशित मिति २०७९।०८।०६ को सूचना बमोजिम निवेदकहरुवाट दिइदै आएको इन्टरनेट सेवाको तार काट्ने वा इन्टरनेट सेवा अवरुद्ध गर्ने जस्ता कार्य तत्काल नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ।सोको जानकारी विपक्षीहरुलाई दिनू।” अदालतको आदेशमा भनिएको छ ।
उक्त मुद्दामा निवेदकका तर्फबाट अधिवक्ताहरु अन्जन धिताल, जयलाल भण्डारी, किरण पौडेल र अशाङ्कन बहादुर मल्लले बहस गरेका थिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




