
काठमाडौं, ४ फागुन । आज बिहानैदेखि समस्या देखिएको नेपाल टेलिकमको पोस्टपेड मोबाइलहरुमा आएको ‘वन वे बार’ अर्थात् टेलिफोन सेवा निषेध गरिएको समस्या अब भने समाधान भएको छ । केही समयअघि टेलिकमले विज्ञप्ति जारी गर्दै बिल रनका कारणले आएको उक्त समस्या अब पूर्णरुपमा समाधान भएको जानकारी दिएको हो ।
‘नेपाल टेलिकमले प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड सेवाको मासिक बिल प्रशोधन (बिल रन) गर्ने गरेको छ । यो कार्य सामान्यतस् १५ तारिखको राती शुरु गरी सोही रातभरीमा नै सम्पन्न हुने गरेको छ । यस पटक मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्ने कार्य सम्पन्न हुन केही समय लागि बिहानको समयमा केही ग्राहकको फोनमा ब्यालेन्स कम हुने र वन वे हुनेजस्ता समस्या आएको हो ।
सो समस्या समाधान भई सम्पूर्ण सेवा नियमित रुपमा सञ्चालनमा रहेको छ । यसबाट ग्राहक महानुभावहरुमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ । सेवाग्राहीलाई अविच्छिन्न रुपमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
पोस्टपेड सेवाका ग्राहकको मोबाइलमा बिहान सबेरैदेखि वन वे बारको मेसेज आएको थियो । उक्त अवस्थामा फोन गर्न खोज्दा ‘तपाईँको टेलिफोन सेवा निषेधित गरिएको छ’ भन्ने सन्देश आउँथ्यो जुन आज दिनभरी नै यथावत् रहेको थियो ।

नेपाल टेलिकमको पोस्टपेड बिलिङ्गमा समस्या आएसँगै ग्राहकहरुले समाजिक सञ्जालमार्फत समस्याको बारेमा चर्को गुनासो गरेका थिए । विभिन्न सामाजिक सञ्जालमा ग्राहकहरुले आफ्नो रकम काटिएको र रिचार्ज गर्दा पनि नदेखिएको भन्दै सरकारी दूरसञ्चार कम्पनीको सेवाको गुणस्तरमा प्रश्न समेत उठाएका थिए ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




