कृषि विकास बैंकको सीईओ बने बैंकर गोविन्द गुरुङ

-



     सफल आवाज    
     फागुन ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ फागुन । कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।

सीईओ छनोट समितिले आज ३ जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । ति मध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । गुरूङले सोमबारबाट कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हाल्ने छन् ।

नेपाल कमर्स क्याम्पसबाट एमबीए उत्तीर्ण गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले हिमालयन बैंकमा १० वर्ष भन्दा बढि काम गरेका थिए ।

त्यसपछि ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरेका थिए । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी मेगा बैंकमा नायव महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।

गुरूङ सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । पछि उनी सोही बैंकको सीईओ नै बनेका थिए । सिभिल बैंक छाेडेर उनले विदेशी बैंकमा समेत काम गरेका थिए ।