
काठमाडाैं, ७ फागुन। गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई सधैं प्राथमिकतामा राखेर व्यवसाय गरिरहेकाे सेलवेजकाे औपचारिक स्थापना सन् १९९३ सालमा पाेखराकाे चिप्लेढुङ्गामा भएकाे हाे । पहिलाे स्टाेरबाट ग्राहकमाझ छिट्टै लाेकप्रियता कमाएपछि सेलवेजले पाेखराकाे लेकसाइडमा शाखा विस्तार गरेकाे थियाे ।
पाेखराका विभिन्न ठाउँहरूमा शाखा बिस्तार गरि अत्याधुनिक सेवा प्रवाह गरी ग्राहकहरूलाई आधुनिक सपिङकाे मज्जा दिइरहेकाे सेलवेज अहिले सम्पूर्ण पाेखरेली तथा पाेखरा भित्रिने पर्यटककाे समेत गन्तव्य बनिरहेकाे छ ।
सेलवेजले सन २००४ मा ललितपुरकाे जावलाखेलमा शाखा विस्तार गरी काठमाडौं उपत्यकामा समेत प्रवेश गरेकाे थियाे । यसै क्रममा सेलवेज ग्रुपले सन् २०१४ देखि सेल्सवेरी व्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेकाे बताइएकाे छ । हालसम्म सेल्सवेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये ५ वटा सुपर स्टाेर , १० वटा प्रिमियम स्टाेरका साथै १४ वटा एक्सप्रेस स्टाेर रहेका छन् ।
गुणस्तरीय सामान, सुपथ मुल्य र उत्कृष्ट ग्राहक सेवा सधैं सेलसवेरीकाे प्राथमिकतामा रहेकाे हुन्छ । अहिले ६०० जनालाई प्रत्यक्ष राेजगारी दिइरहेकाे याे स्टाेरले आगामी सन् २०२३ मा पाेखरामा थप २ वटा, काठमाडौंमा ४ वटा शाखा विस्तारकाे तयारी गरिरहेकाे छ ।
यसै शिलशिलामा काठमाडौंकाे महाराजगन्जमा बनेकाे अत्याधुनिक सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरकाे डिपार्टमेन्ट स्टाेर आगामी बैशाखबाट सञ्चालनमा ल्याउने तयारी गरिरहेकाे सेलवेज ग्रुपले बताएकाे छ । सन् २०२५ सम्म शाखा संख्या ५० पुर्याउने र कम्तिमा १५ सय जनालाइ प्रत्यक्ष राेजगारी दिने कंपनीकाे लक्ष्य रहेकाे बताइएकाे छ ।
सेल्सबेरीले अहिले विभिन्न ५०० भन्दा बढी कम्पनी तथा सप्लायर्सबाट १ लाख भन्दा बढी भेराइटीका सामाग्री ग्राहकवर्ग समक्ष उपलब्ध गराइरहेकाे बताएकाे छ ।

व्यापार मात्र नभई व्यावसायिक सामाजिक उत्तरदायित्व वहन गर्दै आएकाे यस सेल्सवेरीले लाेककल्याणकारी कार्यहरू समेत गर्दै आएकाे छ । देशले समय समयमा भाेग्दै आएकाे विषम परिस्थितिमा हातेमालाे गर्दै राज्य निर्माणमा समेत सहयाेग पुर्याउदै आएकाे कंपनीकाे दाबी छ ।
अहिले सेल्सवेरी ८ औं वर्ष पूरा गरि नवाैं वर्षमा प्रवेश गर्दैछ । याे अवसरमा कंपनीले विभिन्न आकर्षक छुटका याेजनाहरू समेत सार्वजनिक गरेकाे छ । सेल्सबेरीका अनुसार फाल्गुन ३ गतेदेखि सुरू भएकाे याे बार्षिकाेत्सवकाे बिशेष अफर फाल्गुन २० गतेसम्म कायम रहनेछ ।
याे व्यवसायीक सफलताका साझेदार आदरणीय ग्राहक महानुभावहरू, सम्पूर्ण कर्मचारीहरू, विभिन्न सप्लायर्स तथा कम्पनीहरू, मिडियाकर्मी साथीहरू, शुभचिन्तक, नागरिक समाज, बैंक तथा वित्तीय संस्थाहरू लगायत सबैमा सेल्सबेरीले कृतज्ञता ब्यक्त गरेकाे छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




